कैलाली र कञ्चनपुरका थप ७० जनामा कोरोना पुष्टि

Sayalb

डोटी : बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय ३२ पिसिआरको जाँच गरीएकोमा ७० जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ४७ जना पुरुष र २३ जना महिला हुन् ।
आज कोरोना पुष्टि हुने कैलालीका ६७ जना र कञ्चनपुर जिल्लाका तिन जना रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जना, टिकापुर नगरपालिकाका ११ जना, गौरीगंगा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका दुई जना, जानकी गाँउपालिकाका एक जना र कैलाली जिल्लाकै पालिका नखुलेका पाँच जनामा कोराना पुष्टि भएको छ । त्यस्तै उता कञ्चनपुर जिल्लाकोे कृष्णपुर नगरपालिकाका दुई जना र भिमदत्त नगरपालिका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...