हार्ने अवस्थामा पुगेपछि ट्रम्पले भने मतगणना रोक्नू

अमेरिकाका वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न यस्तो ट्विट गरेका हुन्।अमेरिकाका वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न यस्तो ट्विट गरेका हुन्।
दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना करिब हार्ने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न आग्रह गरेका छन्।् । नेपाली समयानुसार बिहीबार साँझ ७ बजेर ५७ मिनेटमा एक ट्वीट गर्दै रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन्।

Sayalb

ट्रम्पको चुनावी अभियान प्रचार समूहले केही राज्यमा मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी दिए पनि गणना रोकिएको छैन।
अहिले हुलाक र इमेलमार्फत पठाइएका मतको गणना भइरहेको छ। जुन मत जो बाइडेनलाई धेरै प्राप्त भएका छन्।
राष्ट्रपति ट्रम्पले मतगणना रोक्न भन्दै ट्वीट गरेका छन् र प्रमाणविना उनले फेरि पनि चुनावमा धाँधली भएको दाबी गरेका छन्।।
पछिल्लो मतगणना अनुसार बराक ओबामासहितका प्रतिष्ठित नेताहरुको बलियो साथ पाएका डेमोक्रेटिक पार्टीका जोन बाइडनले जित्ने करिब पक्का भएको छ।

Shaileshwori
Loading...