सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ९२ जनामा कोरोना पुष्टि

डोटी : शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तिन सय २३ पिसिआरको जाँच गरीएकोमा ९२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ६२ जना पुरुष र ३० जना महिला हुन् ।

Sayalb

आज कोरोना पुष्टि हुने कैलालीका ७४ जना, कञ्चनपुर जिल्लाका १५ जना, डोटी, अछाम र सुर्खेत जिल्लका एकएक जना रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टिकापुर नगरपालिकाका ९ जना, जोशीपुर गाउँपालिका र चुुरे गाउँपालिकाका दुईदुई जना र कैलाली जिल्लाकै पालिका नखुलेका एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै उता कञ्चनपुर जिल्लाकोे वेदकोट नगरपालिकाका ९ जना, बेलौरी नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका, पनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका र  भिमदत्त नगरपालिका एकएक जना गरी चार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगपालिका र सुर्खेतका एकएक जना गरि तिन जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...