सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

Sagan sahari bhawan nirman aayojana

डोटी : शनिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड-१९ परिक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ७८ पिसिआरको जाँच गरीएकोमा ४० जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ३३ जना पुरुष र ७ जना महिला हुन् ।
आज कैलालीका २५ जना, कञ्चनपुर जिल्लाका ११ जना, अछामका तिन जना र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको टिकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल गाउँपालिका एक/एक जना र कैलाली जिल्लाकै पालिका नखुलेका दुई जनामा कोराना पुष्टि भएको छ । त्यस्तै उता कञ्चनपुर जिल्लाकोे भिमदत्त नगरपालिकाका ७ जना, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिका, पनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका एक/एक जना गरी चार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अछामको साफेबगर नगपालिका र चौरपाटी गाउँपालिकाका एक/एक जना, अछामकै पालिका नखुलेका एक जना र डडेल्धुरा जिल्लाका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...