धनगढीमा हार्डवेयर पसलमा आगलागी

धनगढीमा हार्डवेयर पसलमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित स्याउलेमा रहेको तुलसी ट्रेडर्समा आगलागी भएको प्रहरीले जनाएको छ ।

Sayalb

आइतबार राति साढे ११ बजे तिरको समयमा विजुलीको तार सर्ट भई पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

स्थानीय र जनप्रतिनिधिको सहयोगमा १२ बजेतिर आगो नियन्त्रणमा लिईएको उनले बताए । आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको छ क्षतीको विवरण आउन बाँकी छ तर भने मानवीय क्षती नभएको प्रहरी जनाएको छ ।

Shaileshwori
Loading...