सानोबाट अहिलेसम्म मैले जे देखे

तेजबहादुर डुम्रेल 

सानो छदै सायलबाट पहिलोपटक डोटि जिल्लाको सदरमुकाम सिलगढि पुगे । त्यो बेला कक्षा-५ पढदै थिए । गाउँमा झोरो, लालटिन र टुकी  शहरमा बिजुलीका कारण झिलिमिलि । तुलनात्मक रुपमा मलाई लाग्थ्यो , काठमाडौं भनेकै यहीँ सदरमुकाम हो कि १ अनि कक्षा ८ पढ्ने बेला विराटनगर र कक्षा १० पढ्ने बेला काठमाडौं पुगे, काठमाडौं पुगेपछि सिङापुर नै काठमाडौं हो कि लाग्थ्यो । सायल सिलगढि हुदै सिङ दरबारसम्मको यात्राको क्रममा अन्य धेरै तत्कालीन गाविसहरु हालका स्थानीय तहसम्मको यात्राको तुलनामा सायल कम विकास भएको पाए । पछिल्लो समय  सबैभन्दा पुरानो शहर सिलगढि भित्र भित्रै खोक्रो भएको पाए,धन्न शैलेश्वरि मन्दिरलाई काठमाडौं लग्न  सकेनन् ,सायलको भेल्छडालाई तराईको गोदावरि झार्न सकेनन् । पछिल्लो समय पहाडमा कुल देउता पुज्नका लागि तराईबाट दाजुभाइ पुग्ने गरेका छन् ,काठमाडौंबाट शैलेश्वरि जुम गरिरहेका छन् ,गाउँमा सिह दरबार पुगेको भएपनि बसाइँसराइ रोकिएको छैन,डोटि बाहिर गएको बेला एक जना सह(चालक भाईलाई पुर्वेलि जस्तो देखिने चालकले परिचय गर्दै सुनेको थिए ।भाइ तिम्रो घर कुन जिल्ला भन्दै थिए ।उनले डोटि भने । परिचय लिने मान्छे भन्दै थियोे ञञगयो डोटि, खायो रोटि,जाने बेला धोति न टोपिझझ भन्छन् ,,,, हो भाइ ,,,१,,,अनि त्यो सह(चालक भाइ चालकको भनाइ सुनेर पनि नसुने जस्तो गर्दै गाडी सफाचट मै लागि रहेका हुन्छन् ,,१,,,तर मलाई चै डोटि जिल्ला प्रति गरेको व्यङ्ग्य प्रहारले भित्र भित्रै अन्याय र असहज भई रहेको थियो । समय अभावले प्रतिवाद गर्ने फुर्सद थिएन । त्यो चालकसंग प्रतिवादले कुनै फाइदा नि थिएन पछि गृह जिल्ला फर्केर  मैले समग्रमा डोटि जिल्लाको विकासका लागि सबै दललाई सहि सल्लाह दिने सोच बनाए ।

सिनियर सबै ठूला दलका नेताहरूलाई हामी अन्यत्र जिल्लामा गए डोटिको खिल्ली उडाउने गर्छन् ,,,,रु ,,,विकास गरि नमुना डोटिका लागि पहल गर्नु परयो नेता जि भन्थे । पहल गर्छौ ,,,,१ भाईले भनेको एकदमै जायज भन्थे ,,,१,, तर त्यो दाईको राजनीतिका कारणले व्यक्तिगत उन्नति भएको देखे ,,,नमुना विकास योजना सबै अलपत्र ,,,रु,,,,सुझाव सल्लाह खेर गए ,त्यो बेला म ११र१२ पढ्न सदरमुकाम थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाह डोटि शैलेश्वरि पुगेका थिए ,डोटिको समग्र विकासका लागि तत्कालीन भाषा अनुसार २ पेजको टाइप गरेको विकास योजना लिष्ट ठूलो खाम भित्र हालेर दिए,ती राजाले पनि सल्लाह ठिक छ,,,,गर्छु ,,,ठिक छ,,,भनेरै गएका थिए ,,,शैलेश्वरि दर्शन गर्न पुगेको राजालाई हामीले दिएका योजना हेर्ने फुर्सद भए पनि विकास गर्ने फुर्सद भएन,,,१  राजतन्त्र र राजा पद सुरक्षित राखि दिन शैलेश्ववरिसंग बिन्तिपत्र सहित पुगेको रहेछन,पछि झुट बोल्ने राजतन्त्र विरुद्ध मुर्दावाद भन्न थालियो ।तत्कालीन समयमा म अनि मेरो परिवार सृजना राजतन्त्रको पक्षमा वकालत गर्ने लवप्रसाद श्रेष्ठको एक्सलेन्ट बाबा एकेडेमी सिलगढिमा पढाउने गर्थे ।

Sayalb

बाबुलाई कोठामा थुनेर हामी दुबै जना स्कुलमा पढाउन समेत   छोडेर नगर भित्र राजतन्त्र मुर्दावाद भन्दै हिन्ने गरेको हिजोआज जस्तै लाग्छ, राजतन्त्रको विरुद्धमा हिनेको भन्दै हामीलाई नपढाउदा हुन्छ भनियो । त्यसपछि उनले १ बर्षको तलब समेत दिएनन् । अनि पढाउन छोडेर काठमाडौं लागे ।परिवारलाई र बाबुलाई गाउँमै पठाए ।फेरि संसारलाई बदल्नु छ ,सुरु आफैबाट गर्नुछ ,भन्ने मुल नारा लिएर अघि बढिरहेको तत्कालीन चर्चाका केन्द्र डाक्टर योगि विकाशानन्दसंग जिवनशैलि र सृजनशिल सम्बन्धि धेरै ज्ञान सिक्न गए । लव श्रेष्ठ राजतन्त्रको भएकोले होइन कि उनले दाग जिल्लामा डाक्टर योगि बाट रेकि योग सिकेको हुदा जिल्लामा उहाँले रमैले पनि सिकाउन सक्छौ भनेर दुबै सहमत थियौँ ।काठमाडौंमा डाक्टर योगि ज्युसंग बस्ने गरि गएको थिए।उहाँको साथमा धेरै जिल्ला पुगेको थिए पनि ।उहाँको प्रचारप्रसार गर्नमै धेरै बर्ष सकिएको थियोे ।

हामी युवाहरुले उहाँको मनोक्रन्ती अभियानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सफल भयौं । साथीहरू १ से १ थिए । राष्ट्रिय अभियान अन्तर्राष्ट्रियस्तरमा पुगेको बेला हामी सबै जिल्लाका साथीहरू गोदावरि ललितपुरमा खुशीले गदगद थियौं । सानो मुलुक भएकोले डाक्टर योगिले रामदेवको जस्तो अन्तर्राष्ट्रियस्तरमा अझसम्म  स्थान पाउनु भएको छैन,तैपनि योग ध्यान अहिले सरकारले पाठ्यक्रममा समेटेर अघि बढेकाले ,खुशी लाग्यो ,किनकि नैतिक शिक्षा पाठयक्रम हराएका बेला योग साधना समेटेर पठनपाठनमा ध्यान दिने भएको छ,योग शिक्षक धेरै साथीहरूले पढाउने काम पाउने भएका छन् । यता सबै मिलेर राजतन्त्र फाल्न सफल भयौं ।देश गणतन्त्रमय बन्यो , काठमाडौं बसेर होइन,डोटिमै बसेर सोच परिवर्तन गरेरै आमूल परिवर्तनको पक्षमा उभिदै आएको छु ।डोटेलि सोझा दाजुभाइ तथा दिदीबहिनीमा असाध्यै सहनशीलता देखे ।डोटिबाट कार्यालय डडेलधुरा हुदै तराईका दुई जिल्ला गए ,गएका कार्यालयहरु र कार्यालय प्रमुखहरु कहिल्यै फर्केनन,राम्रा कार्यालय प्रमुखले पुरा कार्यकाल काम गर्न पाएनन् ।फटाहा कर्मचारी तन्त्रका अघि कुनै पनि तन्त्रले काम नगर्दो रहेछ,परिणामस्वरूप ति माथि गएका कार्यालय प्रमुखहरुकै हालि मुहालिका कारणले क्षेत्रीय सदरमुकामलाई सम्पर्क कार्यालयमा परिणत गरि दिए ।

राजनीति भित्र रहेर  समग्र विकासका लागि २५ देखि ५० बर्षे गुरु योजना बनाउनेतर्फ सबै सिनियरहरुको ध्यानाकर्षण गराउन धेरै लेखे,धेरै बोले घन टाउकेहरु हुन्छ ,एकदमै राम्रो सोच भाइ भन्ने अनि सयौं बर्ष चुनाव जित्न सकिन्छ भन्ने खालका भाषण गर्ने तर खल्तीमा १०र२० बर्षे गुरु योजना हालेर जनताको माझमा हिनेका देखिदैनन,पछिल्लो समय  सुदुर पश्चिम सरकारले हाम्रो महत्त्वपूर्ण सुझावलाई सम्बोधन गर्न सफल भएको छ, पर्यटनका लागि १० बर्षे गुरु योजना बनाउने तर्फ लागेको छ, भ्रमण बर्ष २०२० सफल बनाउन गठन भएको सुदुर पश्चिम स्तरीय समितिमा केही महिना रहेर काम गर्ने अवसर मिलेको थियोे । माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यु संरक्षक रहनु भएको बैठक तथा कार्यक्रमहरुमा उधोग,पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट ज्युले अध्यक्षता गर्नु हुन्थ्यो । खुशी लाग्यो । अहिले १० बर्षे गुरुयोजना बनाएर सुदुर पश्चिम सरकारले पर्यटनको क्षेत्रमा ऐतिहासिक काम गर्दैछ,किनकि कोभिड-१९ का कारणले भ्रमण बर्ष रोकिन गएको परिस्थितिमा सुदर पश्चिम सरकारले ९ वटै जिल्ला समेटेर गुरु योजना बनाउने हिम्मत गरेको छ,अन्य प्रदेशका लागि प्रेरणाको पाठ बन्दैछ । यता दिपायल सिलगढि नगरपालिका लगायत सुदुरका केही स्थानीय तहहरुले २५ बर्षे गुरुयोजना बनाउनेतर्फ लागेका छन् । राम्रो थालनी हो । सोचको सम्मान भएको छ, गुरु योजना बिना योजनाहरु गायब हुन्छन्, जसरी सुदुर पश्चिम विकास आयोग राजपुरले योजना संकलन गरेको थियो । हामीले सयौं सुझाव लेखेर दिएका थियौं, तत्कालीन समय पटकपटक सर्वदलीय बैठकमा मैले पनि सुझावहरु दिने वातावरण थियोे । देशको व्यवस्था परिवर्तनसंगै योजना मात्र होइनन् कार्यालय नै हरायो । तर ती संकलन गरिएका योजना माथि राष्ट्रिय योजना आयोगसम्म पुगेपनि सुझावअनुसार विकास नभएको सुदुरपश्चिमेलिहरु नै बताउँछन् । सकारात्मक पक्षको नजरले हेर्नुस् पछिल्लो समय डोटिका स्थानीय तहमा पुग्ने गरि सडक पिच थालनी हुनु, विमानस्थलमा साप्ताहिक विमान अवतार हुनु, खप्तड तर्फ पर्यटक छिर्नु, सायलको भेल्छडा र मालिकासम्म जाने गोरेटो बाटोका लागि बजेट व्यवस्थापन हुनु, डोटिमा इन्जिनियरिङ कलेज स्थापना हुने सम्भावना निश्चित हुनु, क्षेत्रीय कार्यालयहरु निर्देशनालयमा परिणत हुनु, लाइसेन्स लिने वातावरण बन्दै जानु, कर सेवा दाता कार्यालय स्थापना भइ सदरमुकामबाट सेवा दिनु मौवा-मेल्लेक सडक पिचका लागि गृह कार्य तिब्र हुनु, बन्जी जम्पिङका लागि दिसिनपा र प्रदेशको चासो हुनु ठाउँ ठाउँमा झोलुङे पुल बन्नु, नगर पालिकाहरुले र गाउँ पालिकाहरुले बस संचालनमा ल्याउने हिम्मत गर्नु र प्रदेशले केवलकार निर्माणकार्यका लागि बजेट व्यवस्थापन गर्नु, प्रदेश एम्बुलेन्स र स्थानीय एम्बुलेन्सहरुले जनतालाई सेवा दिनु, होम स्टेमा लगानी बढनु, स्वायत्त अभ्यासमा रहेको प्रदेश सरकारले मौलिक लोगो चलनचल्तीमा ल्याउनु, प्रदेश बस संचालनमा ल्याउने तयारी गर्नु, रेन्बो ट्राउट एवम् महङ्गो जातका माछापालन गर्न चाहने किसानलाई प्रोत्साहन, सिमाको पक्षमा प्रदेश सरकार अडिग रहनु, स्थानीय सरकारहरुले छिमेकी मुलुकमा अलपत्र युवालाई भित्र्याउने हिम्मत गर्नु र ती युवालाई प्रदेश सरकारले विभिन्न कृषि कार्यक्रम तथा योजना सहित आत्म निर्भर बनाउने बिल्कुलै नयाँ कार्यक्रम तर्फ लाग्नु यस सुदुर पश्चिम प्रदेशमा सन्देशहरु हुन । अब गाउँ घरमै डाक्टर र अस्पताल हुने भएपछि मिनि सिङ दरबार स्थानीय तहसम्म पुग्यो धेरै जसो दाजुभाइले भन्न थालेका छन् ,केन्द्रीय सरकार ढुलमले भएर संघियता धरापमा परेको बेला प्रदेश सरकारले जनताको मन छुने काम गरेका परिणामहरु देखा पर्न थालेका छन् । घरको अभिभावक जस्तै बनेको स्थानीय सरकारले गरेका मन छुने काममा समिक्षा गरि हेर्दा विगत ३ दशकमा नभएको काम ३ बर्ष सेरोफेरोमा भएको मैले देखे ।

Shaileshwori
Loading...