सुदुरपश्चिमका थप दुईजना कोरोना संक्रमितको मृत्यु


सोमबार सुदुरपश्चिमका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुबै जना कैलाली जिल्लाका हुन् ।
सोमबार सेति प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका २ का ८४ बर्षीय एक पुरुष र होम आइसोलेसनमा रहेका टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
