सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६३ जनामा कोरोना पुष्टि
डोटी : सोमबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड(१९ परिक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा तिन सय ४१ पिसिआरको जाँच गरीएकोमा ६३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ४६ जना पुरुष र १७ जना महिला हुन् ।
आज कैलाली जिल्लाका ४७ जना, कञ्चनपुर जिल्लाका १५ जना र अछामका एक जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, भजनी नगरापलिकाका ८ जना, गोदावरी नगरपालिकाका तिन जना, टिकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका दुई/दुई जना र कैलाली जिल्लाकै पालिका नखुलेका तिन जनामा कोराना पुष्टि भएको छ ।
त्यस्तै उता कञ्चनपुर जिल्लाकोे बेलौरी नगरपालिकाका ८ जना र भिमदत्त नगरपालिकाका ७ जना र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको छ ।