सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३६ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : मंगलबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड१९ परिक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९५ पिसिआरको जाँच गरीएकोमा ३६ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका २७ जना पुरुष र ९ जना महिला हुन् ।
आज कैलाली जिल्लाका २८ जना, कञ्चनपुर जिल्लाका ५ जना, डडेल्धुराका दुई जना र डोटीका एक जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका पाँच जना, लम्कीचुहा नगरपालिकाका चार जनामा कोराना पुष्टि भएको छ ।
त्यस्तै उता कञ्चनपुर जिल्लाकोे भिमदत्त नगरपालिकाका दुई जना, बेलौरी नगरपालिका, बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाका एकएक जना गरि तिन जना, डडेल्धुराका दुई जना र डोटी जिल्लाको के.आई.सिंह गाँउपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...