बिहारमा एनडीएलाई बहुमत, आरजेडी बन्यो सबैभन्दा ठूलो पार्टी

डोटी:  भारतको बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत प्राप्त गरेको छ। २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ।

बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ। पार्टीगत रुपमा जनता दल युनाइटेड ९जेडीयु० ४३ स्थानमा विजयी भएको छ। महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल ९आरजेडी० ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ।

Sayalb

यो चुनाव भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस यो चुनावमा जम्मा १९ सिटमा खुम्चिएको छ। कम्युनिष्ट पार्टीले १६ सिट हात पारेको छ।

जीतसँगै नितिशकुमार सातौै पटक बिहारको मुख्यमन्त्री बन्ने पक्का भएको छ।

Shaileshwori
Loading...