धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

डाेटी: धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्का अनुसार उनकाे उपचारको क्रममा मृत्यु भएको हाे ।

निमोनियाको समस्या देखिएको उनलाई कार्तिक २१ कोरोना पोजिटिभ देखिएको दिन सो दिन नै अस्पताल भर्ना गरिएको थियाे ।
