सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५४ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : बुधबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड-१९ परिक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ पिसिआरको जाँच गरीएकोमा ५४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ३९ जना पुरुष र १५ जना महिला हुन् ।
आज कैलाली जिल्लाका ४४ जना, कञ्चनपुर जिल्लाका ७ जना र बझाङका तिन जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, गोदावरी नगरपालिकाका तिन जना, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र बर्दगोरीया गाउँपालिका एक/एक जना गरि चार जना र कैलाली जिल्लाकै पालिका नखुलेका ८ जनामा कोराना पुष्टि भएको छ ।
त्यस्तै उता कञ्चनपुर जिल्लाकोे भिमदत्त नगरपालिकाका तिन जना, पुनर्वास नगरपालिकाका दुई जना, महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका एकएक जना गरि दुई जना र बझाङको बुंगल नगरपालिकाका तिन जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...