बुधबार दुई हजार ५६९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो
पछिल्लो २४ घण्टामा थप २६ जना संक्रमितको मृत्यु


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा दुई हजार पाँच सय ६९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ छ ।
आज देशभरका एक हजार ६ सय ६६ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या १ लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप २६ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय ७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।
