कैलालीमा मोटरसाइकल दुर्घटना, महिलाको मृत्यु

धनगढी :  कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले गएराति ८ बजेतिर ठक्कर दिँदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Sayalb

पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया ती महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारि दिए ।

मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए । महिलाको शव भने टीकापुर अस्पतालमै रहेको उनले जनाए ।

Shaileshwori
Loading...