बैतडीको खोड्पेमा बस दुर्घटना, नौ जनाको मृत्य

: बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुदा नौ जनाको मृत्यु भएको छ । ४१ जना घाईते भएका छन । दार्चुलाको गन्ना देखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यतायातको ना ५ख ५१४१ नं.को बस दुर्घटना भएको हो ।

Sayalb

खोडपे बजार नजिकै गएराती १०ः २५ बजे बस दुर्घटनाभएको थियो । दुर्घटनामा परि आठ जनाको घटनास्थलमै मृत्यु भएको हो । एक जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारि दिएकाे छ ।

मृत्यु हुनेमा सात जना पुरुष र दुई जना महिला रहेको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक दशरथ भट्टराईले बताए । मृतकको सनाखत हुन सकेको छैन । बस सडक बाट करिव पाँच सय मिटर तल खसेको छ ।

दुर्घटनामा परेकाहरुको बिहिबार राती नै उद्दार गरी घाईतेको उपचारका लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाईएको प्रहरीले जनाएकाे छ। दुर्घटना बारे थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

Shaileshwori
Loading...