सुदूरपश्चिममा बुधबार ३ जनाको मात्रै कोरोना परीक्षण, सबैको रिर्पोट नेगेटिभ

डोटी:  सुदूरपश्चिममा नमूना संकलन नभएपछि बुधबार (आज) ३ जनाको मात्रै कोरोना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका ६ वटा मध्ये एउटा मात्र प्रयोगशालामा परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बुधबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा मात्र कोरोना परीक्षण भएको जानकारी दिए ।

Sayalb

तिहारका बेला समेत परीक्षण नरोकेको अस्पतालमा आज भने नमूना संकलन नै नभएपछि परीक्षण नभएको हो । नमूना संकलन नभएपछि सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पनि कोरोना परीक्षण हुन नसकेको जनाइएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा कोरोना परीक्षण हुन नसकेको बताए । उनले पीसीआर मेसिन सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम ९७ वटा नमूना समेत संकलन नभएपछि परीक्षण हुन नसकेको जानकारी दिए ।

Shaileshwori
Loading...