राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत तीन महिनामा २३ गर्भवतीको उद्धार

काठमाडौं : राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका २३ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरिएको छ।

Sayalb

यो आर्थिक वर्षको तीन महिनामा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईका अनुसार २०७७ साल साउनदेखि भदौ मसान्तसम्म २३ जनाको उद्धार गरिएको छ। त्यस्तै २०७५ साल पुसदेखि हालसम्म १ सय ५७ जना महिलाको हवाई उद्धार गरिसकिएको इकाइले जनाएको छ।

मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

Shaileshwori
Bolpatra
Loading...