मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना, भौतिक दुरी सँगै मनाउन आग्रह

डोटी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारद्वारा जारी शुभकामना सन्देशमा स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व मनाउन अपिल गर्नुभएको छ । महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गर्नुभएको छ ।

सत्यको पक्षमा मानवको रुचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छट पर्वको मुख्य विशेषता रहेको बताउँदै यो पर्व मुख्यरुपमा तराई–मधेशमा मनाइने परम्परा रहेपनि अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालिएको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले बताउनुभयो ।

Sayalb

हाम्रा मौलिक पर्वलाई सबै समुदायले आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विस्तारले विभिन्न जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र सौहार्दतालाई अझ सुदृढ पार्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक सामुहिक रुपमा नमनाउन आग्रह गर्नुभएको छ ।

 

Shaileshwori
Bolpatra
Loading...