जोर्जियाको पुन: मतगणनामा बाइडेन नै विजयी


काठमाडौँ — जोर्जिया राज्यमा गरिएको पुनः मतगणनामा पनि जो बाइडेन विजयी भएको चुनाव अधिकारीले जनाएका छन् । जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको उल्लेख गरिएको छ ।
सीएनएका अनुसार बाइडेनलले ट्रम्पलाई १२ हजार २ सय ८४ भोटले जितेका हुन् । जोर्जियाका चुनाव अधिकारीहरुका अनुसार पुनस् गरिएको मतगणनामा चुनावमा कुनै धाँधली भएको पाइएन । राष्ट्रपति ट्रम्पले जोर्जियामा व्यापक धाँधली भएको बताउँदै पुनस् मतगणना गर्न माग गरेपछि झन्डै ५० लाख मत हातैले गनिएको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन ।
