आज सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि

 डोटी: शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जनाको स्वाब परीक्षण गर्दा डोटीका १ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

Sagan sahari bhawan nirman aayojana

२७ जना मध्ये दार्चुलाका १७ जनामा, डडेल्धुराको अमरगढी नगरपालिकाका ३ जनामा, यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ जना र अजयमेरु गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बैतडीको पुर्चौडीका ३ जना, बाजुरा १ जनामा पनि संक्रमण देखिएको छ ।

Shaileshwori
Loading...