जनता टेलिभिजनका जिल्ला संयोजक बम सम्मानित

Sayalb

काठमाडौं : जनता लिभिजनका जिल्ला संयोजक एवम् प्रस्तोता खेमबहादुर बम सम्मानित हुनु भएको छ । बमले शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारिताका क्षेत्रबाट  योगदान पुर्याएको कारण उनि सम्मानित भएका हुन् ।

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउँदै दैनिक क्रियाकलापलाई सहज बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

सतुंगल डोजोले तीनथानामा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुनुपर्ने बताउनु भएको हो ।

मन्त्री भट्टले कोरोनाको जोखिमलाई ध्यानमा राखी विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुनुपर्ने बताउनु भएको हो ।

कुनै पनि मुलुकको विकासका निम्ति त्यहाँका नागरिक स्वस्थ हुनुपर्ने बताउँदै भट्टले मानिसलाई स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको समेत दाबी गर्नुभयो ।

खेलकुदका क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भएपनि आगामी दिनमा यसलाई परिष्कृत गर्दै लैजानुपर्ने मन्त्री भट्टको भनाइ छ । मुलुक संघीयतामा गइसकेपछि विभिन्न विकासका योजनाहरु अगाडि बढेको मन्त्री भट्टको दाबी छ ।

सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हीतका निम्ति राज्य अभिभावक बन्नसक्नुपर्ने बताउनुभयो ।

आफूले नेपालमा कराँतेको विकासका निम्ति धेरै कार्यक्रम गरिरहेको बताउँदै शाहीले त्यसमा राज्यको उपस्थिति कम रहेको गुनासो गर्नुभयो । डोजोले आयोजना गरेको ‘विशिष्ठ व्यक्ति सम्मान’ कार्यक्रममा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट, आयुशा शाक्य सम्मानित भएका छन् ।

Shaileshwori
Loading...