अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने

डोटी : अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका गोकर्ण रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीका ४८ वर्षीय रावललाई कार्तिक २ गते राति अरिङ्गालले टोकेको थियो ।

Sayalb

अरिङ्गालको टोकाइबाट गम्भिर घाइते भएका उनलाई बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई बिहीबार बिहान सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

रावललाई थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौँको ग्राण्डि अस्पताल लगिएको सूदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका स्वकिय सचिव पंकज शाहले बताए ।हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने शाहले बताए ।

Shaileshwori
Loading...