सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : सोमबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ५५ जनाको कोरोना जाँच गरीएकोमा ३७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका २९ जना पुरुष र ८ जना महिला हुन् । आज कोरोना पुष्टि हुनेमा कैलालीका ३४ जना, कञ्चनपुरका दुई जना र डडेल्धुरा जिल्लाका एक जना रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जना, भजनी नगरपालिकाका चार जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका दुई/दुई जना र बर्दगोरया गाउँपालिकाका एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै उता कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाका एक/एक जना र डडेल्धुरा जिल्लाको पर्शराम नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...