सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना पुष्टि
डोटी : मंगलबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ४ जनाको कोरोना जाँच गरीएकोमा २६ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका एक महिला र २५ जना पुरुष हुन् । आज कोरोना पुष्टि हुनेमा कैलालीका २३ जना, कञ्चनपुरका तिन जना रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १७ जना, लम्कीचुहा नगरपालिकाका चार जना, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका एक/एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै उता कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका २ जना र लालझाडी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।