बोगटानमा दुई दिने व्यवसायी छनोट तालीम सम्पन्न

कमल बम, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन भएको दुई दिने व्यवसायी छनोट तालीम सम्पन्न भएको छ । सोमबार देखी युएमएन डोटी कलस्टरको आर्थिक सहयोग र समान पहुँच बिकास केन्द्र (सिड नेपाल) को साझेदारीमा सञ्चालन भएको कार्यक्रम आज सम्पन्न भएको हो ।

Sayalb

सिड नेपालका अध्यक्ष शेर बहादुर मल्लको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बोगटान फुड्सिल गाउपालिकाका अध्यक्ष कमल बहादुर गडसिला रहनु भएको थियो । त्यस्तै बिशिस्ट अथितिमा गाउपालिका उपाध्यक्ष भगवती देबि बम, अथिती गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकार रहेका थिए । कार्यक्रमबाट बोगटान फुड्सिल गाउपालिका वडा नम्बर १, ४, ७ का ४३ जना उद्यमीले तालिम लिएका छन् ।

साथै बसाइँसराइ सूचना सहायता कक्ष स्थापनाका लागी सिड नेपाल डोटीद्वारा संचालित सम्मान परियोजनाले गाउँपालिकालाई फर्निचर सहयोग गरेको परियोजना संयोजक रुद्र बमले जानकारी दिए ।

Shaileshwori
Loading...