कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु, एक घाइते

धनगढीः कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार ना ३ ख ५९४२ नम्बरको ट्रकले सुपप्र ०१०० नप ९७६ को मोटरसाइकललाई पूवपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको चौमालामा ठक्कर दिदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Sayalb

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २४ वर्षीय प्रेम चौधरी घाइते भएका छन्। उनको निधार, हात र खुट्टामा चोट रहेको छ।

ट्रक र चालक, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का पुष्कर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Shaileshwori
Loading...