८ घण्टा सम्पर्क विहिन भएका इप्रका मालाखेतीका डिएसपी जिल्ला तानिए

Sagan sahari bhawan nirman aayojana

कैलाली : इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी जिल्ला तानिएका छन् । मंगलबार राति ९ बजे देखी सम्पर्क विहीन बनेर बुधबार बिहान आफै सम्पर्कमा आएका चौधरी माथि छानबिन गर्न जिल्ला तानिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
सम्पर्क विहिन भएका चौधरी ८ घण्टा पछि कैलालीको बुढितोलाबाट सम्पर्कमा आएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयले उनीमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए । अहिले डिएसपी चौधरी जिम्मेवारी विहीन छन् । चौधरीले सूचना संकलनका क्रममा त्यहाँ गएपनि फोनको नेटवर्क नहुँदा सम्पर्क गर्न नसकिएको बताएका छन्।

Shaileshwori
Loading...