सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३५ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : बुधबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तिन सय १३ जनाको कोरोना जाँच गरीएकोमा ३५ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका १९ जना पुरुष र १६ जना पुरुष हुन् । आज कोरोना पुष्टि हुनेमा कैलालीका २१ जना, कञ्चनपुरका १३ जना र बझाङका एक जनामा रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको टिकापुर नगरपालिका ८ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, गोदावरी नगरपालिकाका ४ जना, घोडाघोडी नगरपालिकाका एक जना र कैलालीकै पालिका नखुलेका एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका ६ जना, वेदकोट नगरपालिकाका ४ जना, पुनर्वास नगरपालिकाका दुई जना, बेलडाँडी गाउँपालिकाका एक जना र बझाङको सुर्मा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...