कैद भुक्तान गरिरहेका कैलालीका एक व्यक्तिको कारागारमा मृत्यु

Sayalb

जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैलालीको घोडाघोडी नगरपालिका– ५ का ६७ वर्षीय बुधराम डगौराको कैलाली कारागारमा मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार उनको शुक्रबार बिहान मृत्यु भएको हो । मृतक डगौरा प्यारालाइसिस रोगबाट ग्रसित थिए ।

यसअघि डगौरालाई कोरोना संक्रमण समेत देखिएको कैलाली कारागारका प्रमुख महेन्द्रबहादुर खड्काले बताए । रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका उनमा स्वास्थ्य समस्या देखिएको थियो। उपचारका लागि काठमाडौँ लैजाने तयारी गरेपनि डगौराकै श्रीमतीले अस्वीकार गरेको कारागारले जनाएको छ ।

Shaileshwori
Loading...