२ सय ९१ जनाको कोरोना जाँच गर्दा ८१ जनामा कोरोना पुष्टि, कैलालीका मात्र ७४ जना

डोटी : शनिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ९१ जनाको कोरोना जाँच गरीएकोमा ८२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कोरोना पुष्टि भएका ५० जना पुरुष र ३२ महिला हुन् ।

आज कैलाली जिल्लाका ७४ जना, कञ्चनपुर जिल्लाका ७ र डोटीका एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको टिकापुर नगरपालिकाका २९ जना, धनगढी उपमहानगरपालिकाका ११ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिका र लम्कीचुहा नगरपालिकाका ३/३ गरी ६ जना, घोडाघोडी नगरपालिका र बर्दगोरीया गाउँपालिकाका २/२ गरी ४ जना, भजनी नगरपालिका र कैलालीकै पालिका नखुलेका एक/एक जना गरी दुई जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको पर्शुराम नगरपालिकाका ४ जना, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका एक/एक जना गरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...