चिनियाँ रक्षामन्त्री वेई आज नेपाल आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउँदै छन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एक दिनका लागि नेपाल आउने वेइ आइतबार साँझ नै स्वदेश फर्किने छन् ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरेर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । शक्तिशाली दुई छिमेकी देशका महत्वपूर्ण प्रतिनिधिको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Sayalb

भारतीय विदेश सचिवले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, नेपालका समकक्षी भरतराज पौड्याल र उच्च राजनीतिक नेतृत्वसँग भेट गरेका थिए भने गोरखा पुगेका उनी शुक्रबार साँझ स्वदेश फर्किए ।

भारतका विदेशमन्त्री स्वदेश फर्किए लगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

उनको भ्रमणलाई राजनीतिक सन्तुलन मिलाउने कसरतका रुपमा समेत व्यख्या गरिएको छ । भारतले निरन्तर नेपालको सम्बन्धलाई लिएर चीनमाथि उठाएको चासो र नेपाल र भारतका उच्च प्रतिनिधिको लगातार भइरहेको भ्रमणलाई मध्यनजर गर्दै चिनियाँ पक्षले वेईलाई नेपाल भ्रमण पठाएको विज्ञको अनुमान छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण राजनीतिक भेटवार्तामा केन्द्रित देखिन्छ । उनले सैनिक मुख्यालय जंगी अड्डामा केही समय बिताउने छन् भने राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटलाई प्राथमिकता दिएका छन् ।  उनको भ्रमणमा चीनले नेपाललाई गर्दै आएको सहयोगको विषयमासमेत छलफल हुने बताइएको छ ।

Shaileshwori
Loading...