आईतबार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ३५ जनाको कोरोना पुष्टि

डोटी : आईतबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जनाको कोरोना जाँच गरीएकोमा ३५ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कोरोना पुष्टि भएका २३ जना पुरुष र १२ महिला हुन् ।

आज कैलाली जिल्लाका १९ जना, कञ्चनपुर जिल्लाका १२ जना, बझाङका दुई जना, दार्चुला र अछामका एक/एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ७ जना, मोहन्याल गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, टिकापुर नगरपालिका र कैलालीकै पालिका नखुलेका एक/एक दुई जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका र भिमदत्त नगरपालिकाका ४/४ जना, बेलौरी नगरपालिकाका ३ जना, पुनर्वास नगरपालिकाका एक जना, बझाङ जिल्लाको तलकोट गाउँपालिका र विथ्थडचिर गाउँपलिकाका एक/एक जाना, अछामको चौरपाटी गाउँपलिका र दार्चुलाको दुँहु गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...