चीनद्वारा सैन्य सहयोगको लागि थप पाँच करोड युआन दिने

काठमाडौं : चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड(१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।

Sayalb

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डामा आइतबार भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए।

यसअघि चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै तदनुरुप गर्दै आएको छ, कोभिड(१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउनेछु, विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालीम एवं शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले सरकारात्मक जवाफ दिएको जानकारी दिँदै ती अधिकारीले भने।

नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न तथा सहयोगका दायरालाई थप विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउँदै उहाँले विकासका प्रशस्त सम्भावना भएको नेपाललाई निकटको असल छिमेकीका नाताले सघाउन चीन तत्पर रहेको दोहोए।

यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भएका भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको र परम्परागत द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान भएको बताएको छ। दुवै भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्नेबारेमा पनि छलफल भएको थियो।

चिनियाँ रक्षामन्त्रीले आफ्नो मुलुकको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित निकायहरुबाट आवश्यक सहयोग एवं सहजीकरणको अपेक्षा आफूले गरेको बताएका थिए।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एक चीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेकामा कृतज्ञता व्यक्त गरेका थिए।

विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन९नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति९समझदारीको कार्यान्वयनका निम्ति नेपालसँग सहकार्य गर्ने अभिलाषा पनि उनले व्यक्त गरे। गत वर्ष असोजमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा प्रधानमन्त्री ओलीबाट भएको चीनको भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता पनि भेटवार्तामा भएको थियो।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले बिदाइ गरेका थिए।

Shaileshwori
Loading...