बालुवा निकाल्न गएका कञ्चनपुरका एक पुरुष बेपत्ता

Sagan sahari bhawan nirman aayojana

कञ्चनपुरका एक पुरुष महाकाली नदिमा बेपत्ता भएका छन् । बालुवा लिन गएका बागफाँटाका ४५ वर्षीय अर्जुन सुनार जिल्लाको भिमदत्त नगरपालिका१२ मा पर्ने ऐरीघाट स्थित पर्ने महाकाली नदीमा बेपत्ता भएका हुन् । आइतबार दिउँसो बालुवा लिन गएका सुनार नदीमा डुबेर बेपत्ता भएको बताउँदै उनको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताएका छन् ।

Shaileshwori
Loading...