डोटीमा स्थापना हुने प्रादेशिक इन्जिनियरिङ कलेजका लागी सरोकारवाला बिच छलफल
तेजु ओली/ डोटी
डोटी जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । बज्राचार्य नेतृत्वको टोलीले आज डोटी जिल्लाका राजनीतिक दल जनप्रतिनिधि नागरिक समाज संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
डोटी नौ ओटै जिल्लाको सेन्टरमा पर्ने भएकाले यहाँ बिद्यार्थीको अभाब नहुने देखिन्छ । डोटीबाट राजधानी सरिसके पछि सुनसान रहेको जिल्लालाई फेरी चहलपहलमा ल्याउन सकिने सबिधान सभा सदस्य हर्क सिंहले बताउनुभयो ।
इन्जिनीयरिङ कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन टोलिले डोटी क्याम्पसलाई इन्जिनीयरिङ कलेज स्थापना गर्न सकिने सुझाव दिएको छ । यसका लागि प्रदेस सरकारबाट आफुले सहयोग गर्ने प्रदेश सांसद् पुर्णा जोसीले बताउनुभयो । उहाँले मृत शहरलाई फेरी उबजाउनका लागी पनि यस कलेजको आवश्यक रहेको बताउनु भयो ।
कसरी सञ्चालन गर्ने सम्बन्धमा फरक मत भए पनि डोटीमा इन्जिनीयरिङ कलेज स्थापनाको राम्रो सम्भावनाका साथै उपयुक्त स्थान रहेको भनेर दुवै समितिले सरकारलाई सुझाव दिएको छ । कलेजका लागि चाहिने बजेटको ब्याबस्था जस्तो सुक्कै हालतमा पनि आफु तयार रहेको दिपायल सिलगढी नगर प्रमुख मलासी बताउनुभयो ।
इन्जिनीयरिङ कलेजका लागि पूर्वाधारको अवस्थाका बारेमा अध्ययन गर्नका लागि विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा बज्राचार्य नेतृत्वको टोलीले डोटी जिल्लामा बिध्यार्थी भुगोल एकबद्ता लगायका कुराले यहानै सम्भावना रहेको उक्त टिमले जनायको छ ।