३७० नमुनाको परिक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि, कैलालीका मात्र ७४ जना

डोटी : मंगलबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७० जनाको कोरोना जाँच गरीएकोमा ८१ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ६४ जना पुरुष र १७ महिला हुन् ।

आज कैलाली जिल्लाका ७४ जना र कञ्चनपुर जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, टिकापुर नगरपालिका र कैलारी गाउँपालिकाका १५/१५ जना, गोदावरी नगरपालिकाका १० जना, लम्कीचुहा नगरपालिकाका ६ जना, मोहन्यनल गाउँपालिकाका २ जना, भजनी नगरपालिका र जानकी गाउँपालिकाका १/१ जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाका ५ जनार भिमदत्त नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...