कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट २ जना घाइते

धनगढी : कञ्चनपुरमा गएराति मोटरसाईकलले पैदल यत्रीलाई ठक्कर दिँदा चालकसहितका २ जना घाइते भएका छन्।

Sagan sahari bhawan nirman aayojana

जिल्लाको पुनर्वास नगरपालिका भीम वस्तीस्थित मोटरसाईकलको ठक्करबाट पैदल यात्री सोही ठाउँका २७ वर्षीय हिमाल गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। गुरुङको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको टाउको र हातमा चोट लागेको छ। यस्तै मोटरसाईकल चालक अमरबस्ति बस्ने रबिन बस्नेत पनि घाइते भएको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...