अरिङ्गालको टोकाईबाट घाईते भएका अछामका रावलको मृत्यु

अरिङ्गालको टोकाईबाट घाईते भएका अछामका सामाजिक अगुवा गोकर्ण रावलको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ निवासी ४८ वर्षीय सामाजिक अभियन्ता रावललाई यही मङ्सिर २ गते घर नजिकै अरिङ्गालले टोकेको थियो ।

Sagan sahari bhawan nirman aayojana

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते भएका रावललाई उपचारका लागी बयालपाटा अस्पताल भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती अस्पताल धनगढी र त्यहाबाट पनि हेलिकप्टर मार्फत काठमाडौँको ग्राण्डि अस्पतालमा लगिएको थियोे ।

काठमाडौँको ग्राण्डि अस्पतालमा उपचाररत रावलको बुधबार बिहान मृत्यु भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ । सामाजिक अभियन्ता रावल गैर सरकारी संस्था मालिका विकास संघमा पनि आबद्ध थिए ।

Shaileshwori
Loading...