जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

डोटी : जिल्ला अस्पताल डोटीको कोभिड१९ प्रयोगशालामा बुधबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ नमुनाहरुको कोरोना जाँच गरिएमा ३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा दुई जना डोटीका र एक जना कैलालीका रहेका बताईएको छ ।

आज डोटीको दिपायल सिलगाढी नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाका एकएक जना र कैलालीको धनगढीका एक जनामा कोरोना पुष्टि भएको छ ।
