धनगढी उप–महानगरमा अपाङ्ग सहायता कक्षको उद्घाटन

टेकेन्द्र देउवा/ धनगढी
धनगढी उप–महानगरपालिकामा स्थापना गरिएको अपाङ्ग सहायता कक्षको बिहीबार उद्घाटन गरिएको छ । २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा उप–महानगरपालिकाले अपाङ्ग सहायता कक्षको उद्घाटन गरेको हो । सहायता कक्षको नगरप्रमुख नृपबहादुर वड, नगर स्तरीय अपाङ्ग समन्वय समितिका संयोजक तथा नगर उप–प्रमुख सुशीला मिश्र भट्ट र प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

नगरप्रमुख वडले अपाङ्ग सहायता कक्ष स्थापना गर्न पाउदा निकै खुसी लागेको बताए । नगरलाई अपाङ्ग मैत्री बनाउनका लागि उप–महानगरपालिकाका भौतिक संरचना पनि अपाङ्गमैत्री बनाउदै लगेको नगरप्रमुख वडले बताए ।

Sayalb

यस सहायता कक्षबाट अपाङ्गलाई उप–महानगरपालिकाबाट दिईने सबै किसिमका सेवाहरु उपलब्ध गराईने नगर उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन । हिजोका दिनमा अपाङ्ग सहायता कक्ष नभएर समस्या थियो, उप–प्रमुख भट्टले भनिन्, ‘ यसले अपाङ्गता भएका ब्यक्तिहरुलाई सजिलो हुने छ । सहायता कक्षमा एक जना कर्मचारीको ब्यबस्था गरिएको उप–प्रमुख भट्टले बताईन । सहायता कक्षमा खटाईएको कर्मचारीले अपाङ्गता भएका ब्यक्तिलाई काममा सहजीकरण गर्ने छ उप–प्रमुख भट्टले भनिन्, बिस्तारै सहायता कक्षलाई थप ब्यबस्थीत बनाउदै लगिने छ । बिश्वमा अल्पसंख्यकहरु समस्यामा रहेको बताउदै उप–प्रमुख भट्टले भनिन्, त्यसैले पनि होला संरचनाहरु अल्पसंख्यक मैत्री बन्न सकेका छैनन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले अहिले पनि अपाङ्गहरु माथी बिभिन्न किसिमको बिभेद हुने गरेको बताए । अपाङ्गता हुनु कुनै अपराध होईन प्रमुख प्रशासकिय अधिकृत पन्तले भने, अहिले सपाङ्ग भएको ब्यक्ति कुनै समय अपाङ्ग हुन सक्छ । प्रमुख प्रशासकिय अधिकृत पन्तले भने, म अपाङ्ग सहायता कक्षमै पुगेर अपाङ्गता भएका ब्यक्तिहरुलाई सेवा दिने छु । कार्यक्रममा अपाङ्ग महासंघका सुदूरपश्चिम संयोजक भिमबहादुर शाह, बहिरा संघका अध्यक्ष दिनेश पनेरु, पत्रकार भवानी ऐरले अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

Shaileshwori
Loading...