बिहिबार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा २३ जनामा कोरोना पुष्टि

डोटी : बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना जाँच गरीएकोमा २३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका १७ जना पुरुष र ६ महिला हुन् ।

आज कैलाली जिल्लाका १८ जना, कञ्चनपुर जिल्लाका ३ जना र बैतडी र दार्चुलाका एकएक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जना, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, बर्दगोरीया गाउँपालिकाका एकरएक जनामा कोराना पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका ३ जना, बैतडीको दशरथचन्द नगरपालिका र दार्चुलाको मालिर्काजुन गाउँपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
