डोटीको ग्रामीण भेगका महिलाहरुको अवस्था जस्ताको त्यस्तै

तेजु ओली /डोटी
डोटीको ग्रामीण भेगका महिलाहरुको अवस्था जस्ताको त्यस्तै रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जीविकोपार्जन महिला स्रमिक र आत्मरक्षाका हिसाबले महिलाहरु जस्ताको तस्तै रहेको बताइएको छ ।
सम विकास केन्द्र डोटीको आयोजनामा दिपायल शिलगढी नगरपालिकाका सबै वडाका श्रमिक महिलाहरु काम गर्ने स्थानमा आत्म सम्मान,सुरक्षा र समान कामको समान ज्याला नपाएको उक्त अन्तरक्रिया कार्यक्रम बताएकी हुन । कार्यक्रममा बोल्दै डोटीका श्रमिक महिलाहरुले अझै पनि पुरुष सरह समान कामको समान ज्याला नपाएको कार्यक्रमकी सहभागी दिपायल शिलगढी नगरपालिका(५ कि श्रमिक महिला जानकि बिष्टले गुनासो पोख्नु भयो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका उप(संयोजक शशी सोपले महिलाहरु माथि हुने बिबिध हिंसाहरु पुर्णरुपमा वर्तमान समयसम्म आइपुग्दा समेत अन्त्य नभएको कारण व्यबहारीक रुपबाटै अन्त्य हुनुपर्ने तथा घर तथा कार्य स्थलमा श्रमिक महिलाहरुको सुरक्षा पुर्णरुपमा हुन जरुरी रहेको कुरामा बताउनुभयो ।

नेपालको संविधान २०७२ ले लिङ्गको आधारमा समान कामको विभेद ज्याला नहुने भनेको भएता पनि डोटीका श्रमिक महिलाहरुले पुरुष सरहको ज्याला पाउन नसकेको भेटिन्छ । समान कामको समान ज्याला निति नियममा मात्र सिमित नभएर व्यबहारमा लागु हुन जरुरी रहेको कार्यक्रमकि अर्की सहभागी सपना आउजीले भन्नु भयो ।
यस्तै जिल्लामा रहेका महिलाहरुको ज्याला मजदुरीहरुको समान कामको समान ज्याला हुनुपर्ने कुरामा आफू र संस्थाले पहल चालिरहेको सम विकास केन्द्र डोटीका कार्यक्रम संयोजक केसब परियारले बताउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,महिलाहरु,सुरक्षाकर्मी,पत्रकार लगायतको सहभागीता रहेको थियो । “लैंङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ब्यक्ती समाज र सबैको ऐक्यबद्धता” नारा सहितको नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज महिला श्रमिकको आत्म सम्मान,सुरक्षा, निष्पक्ष र समान ज्याला बिषयक नितिगत सम्बाद कार्यक्रम दिपायल शिलगढी नगरपालिकाको सभा हलमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।
