शुक्रबार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि

डोटी : शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ५८ जनाको कोरोना जाँच गरीएकोमा १७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ८ जना पुरुष र ९ महिला हुन् ।

Sayalb

आज कैलाली जिल्लाका ९ जना र कञ्चनपुर जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना र कैलालीकै पालिका नखुलेका ३ जनामा कोराना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...