ईडिसिद्धारा सूचना केन्द्र स्थापनाका लागी सामाग्री सहयोग

डोटी : शिखर नगरपालिकामा सूचना केन्द्र स्थापनाका लागी सामाग्री स्थापनाका लागी सम विकास केन्द्र नेपाल डोटीद्वारा सहयोग गरिएको छ । सार्वजनिक सूचनामा आम नागरिकहरूको पहुँच बृद्धिगर्ने उद्देश्यले शिखर नगरपालिकामा सामुदायिक सूचना केन्द्र स्थापना गर्नका लागि संस्थाले बराबरको कम्प्युटर, ल्यापटप, फोटोकपी लगायतका उपकरणहरू हस्तान्तरण गरियो कार्यक्रमका जिल्ला संयोजक महेश परियारले जानकारी दिनु भएको छ । परियोजना अन्तरगत ५३ हजार ७ सय २६ बराबरको कार्यालय सामाग्री र १ लाख ५३ हजार ६ सय ५८ बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
डिसीए र यूरोपियन यूनियनको आर्थिक सहयोगमा ईडीसी डोटीले सञ्चालन गरिरहेको परिवर्तन परियोजना र शिखर नगरपालिकाको सहकार्यमा शिखर नगरपालिकामा सामुदायिक सूचना केन्द्र स्थापना गर्न शुक्रवार ईडीसका सामाजिक विकास अधिकृत टेक बहादुर नेपाली र सूचना अधिकृत पदम मिजारले शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

शिखर नगरपालिकामा विद्युतीय सुशासन प्रविधिको कार्यान्वयन सँगै आम नागरिकमा प्रवाह गरिने सार्वजनिक सूचनालाई सहज सरल बनाई सूचनामा नागरिकको पहुँच बृद्धिगर्न र स्थानिय सरकार र जनप्रतिनिधिहरुलाई नागरिक प्रतिजवाफदेहि बनाई जबाफदेहिता र पादिर्शिताको संस्थागत प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले ईडीसी र शिखर नगरपालिकाको सहकार्यमा सामुदायिक सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।
उक्त सामाग्री हस्तान्तरणको क्रममा नगरपालिकाका प्रमुख, वडा अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृत, पालिका शिक्षा ईकाई प्रमुख, स्वास्थ्य ईकाई प्रमुख र सूचना प्रविधि अधिकृतको उपस्थिति रहेको थियो ।
