शनिवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना पुष्टि

डोटी : शनिवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनाको कोरोना जाँच गरीएकोमा २७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका १६ जना पुरुष र ११ महिला हुन् ।

Sayalb

आज कैलाली जिल्लाका २० जना, कञ्चनपुर जिल्लाका ५ जना, डोटी र बझाङका एक/एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जना, कैलारी गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना, भजनी नगरपालिका, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाका २/२ जना, कञ्चनपुरको कृष्णपुर नगरपलिका, डोटीको जोरायल गाउँपालिका र बझाङको सुर्मा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...