आईतवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ४८ जनामा कोरोना पुष्टि

कैलाली : आईतवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ३४ जनाको कोरोना जाँच गरीएकोमा ४८ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ३१ जना पुरुष र १७ महिला हुन् ।

Sayalb

आज कैलाली जिल्लाका २३ जना, कञ्चनपुर जिल्लाका २४ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, गोदावरी नगरपालिका, टिकापुर नगरपालिका र मोहन्याल गाउँपालिका २/२ जनामा कोराना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र कृष्णपुर नगरपलिकाका २/२ जना र बैतडीको दोगोडा केदार गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...