उपत्यकाको मेरो यात्रा

Sayalb

आज भन्दा २ बर्ष पहिले मैले उपत्यकाको यात्रा गरेको थिए । सानो सहरबाट ठूलो सहरति बरालिदा आफैँलाई आश्चर्य लागेर आयो म सानो सहरमा (धनगढी ) बसेका कारण मलाई केहि अफ्ठयारो महसुस पनि भयो। मैले नयाँ बसपार्क भित्र बाट बाहिर निस्कन सकेन ,म त्यही अलमलमा पनि परे। म लगभग २० मिनेट सम्म अलमलमा परे । कोहि कसैलाई सोधौ भने सबै अपरिचित व्यक्ति नै छन्। म निन्याउरो मुख लागाएर बसपार्क भित्रको यात्रु बस्ने ठाउँ निर बसिरहेको थिएँ। म त्याहा बस्दा माथि माइक बाट चर्को आवाज आयो । माइकबाट प्रसारण गरेर यहा लुटपाट , पकेट मार इतियादि हुन सक्छ त्यीभएर आफ्नो सुरक्षा आफै गर्नु होला भन्यो ।म झन त्रसित भए । बिरानो सहरमा अनेक कुराहरु मनमा खेल्न थाले । म बसेको ठाउँमा एउटा सुन्दर अनुहार भएकि युवती आएर बसिन । ति युबति पनि गाउँबाट गएकी रहेछिन् । हाम्रो चिनजान भइसके पछि मसँगै धनगढी बाट साथमा गएको एउटा दाई हामी बसेको ठाउँमा आइपुग्नु भयो । उहाँले मलाई बसमा देख्नु भा रहेछ तर मैले चाई उहालाई देखिन । अकस्मात् ,भाई तिमी यतै छौर अहिले सम्म कहाँ जानको लागि आउनु भा हो त्यो ठाउँ जानु भएन । मेरो मनमा भयवको अनुभव भयो ।म मनमा केहिकुरा खेलसई रहेको थिए । म केहि पनि बोलेन , फेरि दाइले भन्यो ,भाई किन नबोलेको के भा छ र , मैले हजुर मात्र भने , मेरो निन्याउरो मुख थियो । फेरि त्यो दाईले भन्यो भाई म तिमीसँगै त आएको हुनि ,यो सहरमा हामी एउटै बसमा त आएको हुँ । मलाई केहि आशा लागेर आयो । मैले भने होर दाई भने । होनि भाई किन टोलाएर बसेउ तिमी यो ३,४ घण्टा सम्म किन यहाँ रु मैले भने दाई म यो सहरको बसपार्क मै बरालिए मैले बाहिर निस्कने बाटो नै पाएन । दाईले भन्नु भयो ,हिँड म पुर्या दिन्छु । मेरो अनुहार केहि परिवर्तन आयो। मेरो अनुहारमा प्नकाश पनि छायो । अनि हामी दुईटै बसपार्क बाट निकेम , बाटो काट्नको लागि आकाशे पुल चढेम , आकाशे पुलमा ज्यादै भिड थियो । सुस्तरी सुस्तरी जादै थिएम । अलि पर जादा मेरो मोबाइलमा फोनको घण्टी बज्यो । मोवाइलमा हेर्दा घरबाट आमाको फोन रहेछ , फोन पनि उठाए , मलाई आमाले भन्नु भयो , लाटा ९कहाँ ० छस् त , एकैछिन म बोलेन , किन बोल्दैनै सुनिराछैन । मैले बिस्तारै मैले आमा म यता बसि सको छु मलाई केहि दुदैन चिन्ता मान्नु परर्दैन हैत । ,,,,,,

नयाँ बसपार्क बाट हामि हिन्दा हिन्दै गंगाबु हुदै चाबहिल पुगेम । फेरि मेरो मोबाइलमा फोन आयो जुन नयाँ नम्बर आएको थियो । १५,२० सेकेन्ड मा फोन काटियो । मलाई उहाले भन्नु भयो भाई तिमी कहाँ छौ । म फेरि अलमलमा परे , कुनि के भाको यो कस्तो बिजोग ह , फेरि एकैछिन मेरो मनमा अनेक कुरा खेल्न थाल्यो । यो बिरानो बजारमा मलाई भाई भन्ने को होलान् ।यो पापी सहरमा नाता जोडेर मान्छेहरुको किनबेच , लुटपाट,अन्य अबैध कार्यहरु पनि हुन्छ भन्न सुनेको पनि थिए । अझ फोन आयो मेरो मोबाइलमा ,उठाए भाइ तिमी कताछौरु बचपन देखि गोठाले साथ गरेकाले मैले स्वर पनि चिनिहालेँ । मैले भने, दाजु म यता याता काठमाडौं आएको छु । कहिले आएउ रु किन आएउ रु केगर्न आएउ रु म केहि बोल्न सकिन पनि १ उहाले भन्नुभयो आज कहाँ बस्छौ त रु अब साझको ६ बज्न थालि सक्यो । मैले भने दाई म यो सहरमा बरालि रहेको छु । उहाले भन्नु भयो कुन ठाउँमा भन त रु मैले बिस्तारै बोले , दाई म नयाँ बानेश्वर निर छु । मलाई एउटा दाजुले यतै छोडि दियो । उहालाई चै पुलिसले मदिरा पिएको भनेर , विभिन्न आरोपमा छोपेर लग्नु भो म यातै छु , चौतारा निर बसेको छु । दाजुले भन्नु भयो , फेरि त्याहाँ बाट नया बसपार्क आउन सक्छौ, अम दाजु सक्छु, नयाँ फेरि बसपार्क बाट बागबजार हुदै रत्नपार्क आउन सक्छौ , सक्छु होला हजुर १

म दई घण्टा पछि नयाँ बसपार्क बाट रत्नपार्क आइपुगे । तेतिखेर पोनि आठ बजिसकेको थियो । आकाशे पुलमा जादै थिए । एउटा युवतीले बाटो छेकिन , काठमाडौँ जस्तो ठाउँमा भिडभाड नहुने कुरो पनि भएन । त्यो युवतीले मलाई हेरि रहिन मेरो पछिपछि पनि लागिन । मैले आकाशे पुल पार गरेर रोडको छेउ तिर हिडिरहेको थिएँ । उसले भनि दाई तपाईं का जान लाग्नु भाको , मैले हिड्दै जवाफ दिए यतै हो कोठा तिर , उसले मलाई एकछिन रोकिन आग्रह गरि, म रोकिएन मेरो समय छैन भने । बसपार्क भित्र जम्मै गाडिहरु पार्किङ थिए । एउटा दाइलाई मैले सोधे दाइ किर्तिपुर पाङगादोबाटो जाने गाडि पाउँछ यता पाइन्छ नि हाम्रो गाडि ५ मिनेट पछि जादैछ । म त्यो गाडि भित्र पनि गए । सिटपुरै प्याक थियो । त्यो भित्र उभिने ठाउँ पनि थिएन।मैले उभेरै यात्रा गर्नु पर्यो । नौ बजे गाडि बल्ल त्याहाँ बाट छुट्यो ।

बल्ल बल्ल एघार बजे किर्तिपुर पुगियो । मेरो गाउँबासी जानुलाई पनि फोन गरे । उहाँ पनि आधा घण्टा पछि आउनु भयो । म आधा घण्टा सम्म तेहि रोड निर छेउमा बसि रहे । त्यो रातमा पनि मान्छेहरुको अतेन्तै भिडभाड थियो । मेरो मनमा केहि कुरा खेल्यो ,मलाई आश्चर्य जाग्यो । गाउँमा त छिटै सुति हाल्छन् ,हैन यो राजधानीमा यस्तै पो होकि, कोहि केटा केटि मोटरमा एताउता गर्या छन्, कोहि केटा केटि अँगालो हालेर पैदल गर्या छन्, कोहि केटा केटि रोडको छेउमा बसेर गफगाफ गरिरहेकाछन्,एक अर्कोलाई चुम्बन गरिरहेकाछन् , त कोहि गल्लि गल्लिमा भाङ धतुरो खाएर बल्टिरहेका छन्, थुक्क राजधानी १ मान्छेहरुको जवानी , छाडा कपडा , छाडा बोली , छाडा व्यवहार करोडको राजधानी आश्चर्य लागेर आयो ।त्यो रातिको समयमा पागल पनि केसारो हो गल्लि गल्लिमा रोडरोडमा कठै दैब १ १२ बजे गाउबासी कोठा पनि पुगियो । खानपिन गरिएर बल्ल सुतियो पनि दोस्रो विहान झिसमिसेमा उठेर कृर्तिपुर बाट पशुपतिको दर्शन गर्न गइयो । झिसमिसे बाट यात्रा गर्दा बल्ल ९ बजे पुगियो । खै कसरी अचम्मै लागेर आयो । पशुपति भित्र दर्शन गर्न जाँदा लाइनमा बस्नु पर्ने रहेछ ९ बजे देखि लाइनमा बसेर बल्ल ११ बजे दर्शन गर्न पाइयो । यो पनि कस्तो अचम्मको कुरा है । फेरि मलाई त जुता चप्पलको चिन्ता लाग्यो , जुत्ता चप्पल चोरको धनि बजार, स्वार्थीरुको धनि बजार, शिक्षितहरुको धनि बजार,

भ्रष्टाचारीहरुको धनि बजार , अपाङ्गताको धनि बाजा , मलाई लाग्यो ।कति ठूलो बजार होला कुन्नि के सारो हो ।
दर्शन गरेर फर्कदाँ अल्लि वर आउदा जम्मै अपाङ्गहरुको भिडभाड देखे अपाङ्ग पनि ख वर्गको कुरै नगरम होला त्यहाँ भएका जति क वर्गका थिए । त्यो दृष्य देखेर मलाई आश्चर्य लागेर आयो । मनमा अनेक करुणाका भावना जागरुत भए । दैव पनि कति निर्दयी रहेछ ‌। ध्त तरिका १ कोहि हात खुट्टा नभएका छन्,कोहि दुई वटै आखाँ नभएका , कोहि मुख मात्र भएका , कोहो आकाश वाणी जस्ता त कोहि सास मात्र रोकिएका अर्थात् मुटुको धड्कन मात्र रहेका कठै दैब सजायँ दिनुको पनि तरिका हुन्छ । फेरि बादरहरुको पनि तेतिकै भिडभाड थियो । जहाँ मान्छेको हाराहारीमा थिए । मान्छेलाई लखेट्ने , अनेक कार्यहरु गर्ने , रोडको छेउछाउमा बस्ने धुवाँ धुलोमा पल्टने , बाँदरहरुको जुनि पनि हो ।

रातिको यात्रामा हुँदा, घर फर्कने क्रममा नयाँ बसपार्क बाट ३ बजे निस्केर फेरि थानकोटको झमेला परियो । राति ९ बजे सम्म थानकोटको हावा खाइयो । गाडिहरुले होरन मात्र दिइरहेका थिए । खै कस्तो ठाउँ त्यो बेला पनि बिजोग भइयो । बल्ल बल्ल जाम खुलेर यात्रा सुरु भयो। खाना खाने समयमा ड्राइभरले एउटा होटेलमा गाडि रोक्यो । के खाना खानु थियो र खाना खाए कसरी भन्न रु खान बसेर पनि खाएन कसरी भन्नु रु खाएर पनि वर्त बसे झै भयो । के सारो खाना होला । फेरि महङ्गीले के बिजोगमा पारेको एउटै बिस्कुट २०‌ रुपैयाँ उहि पनि १० रुपैयाँमा पाइने खाने कुरा हो । होटेल पनि एउटै थियो । अरु ठाउँमा जान सम्भावना नै भएन । जसरी त्यसरी यात्रा गुजारीयो । बिहान आफ्नै सुदूरपश्चिम पुगियो ।

यात्रा समाप्त

                मनमोहन कुल्ला

पुर्बिचौकी गाउँपालिका वडा नं. २ डोटी

Shaileshwori
Loading...