गाउँ–गाउँमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान


डोटी : लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ–गाउँमा सञ्चालन भएको छ । महिला माथि हुने हिंसा न्यूनीकरणका लागि अभियानका रुपमा संचालन हुदै आएको १६ दिने अभियान यस शिखर नगरपालिकामा पनि विभिन्न सन्देशमुलक कार्यक्रमका साथ सम्पन्न भएकोछ ।
नगरपालिका वडा तथा विषयगत समितिबाट प्रतिनिधित्व गर्दै शिखर नगरपालिकाको समन्वय र सम विकास केन्द्र(इडिसी)नेपाल अन्र्तगत संचालीत परिवर्तन परियोजना संगको सहकार्य र स्थानिय महिला अधिकार मञ्च,संजाल तथा महिला समुहको आयोजनामा यस जोरायल गायँपालिका,वडामा रहेका विभिन्न समुहहरुको सहभागितामा निम्न सडक नाटक र हाजिरि जवाफ प्रतियोगीता कार्यक्रम गरी १६ दिने सचेतनामुलक अभियान कार्यकम सम्पन्न भएको छ ।
त्यसैगरी जोरायल गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष,वडा अध्यक्ष,प्रहरी पोष्ट प्रमुख,स्वास्थ्य चौकी प्रमुख स्थानिय समुह गरी स्थानीयको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
