धनगढीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा घाइते भएकी युवतीको मृत्यु

धनगढी : धनगढीमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा घाइते भएकी युवतीको मृत्यु भएको छ ।
स्थित धनगढी रिङरोडमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा घाइते भएकी १७ वर्षीया युवती मनिषा श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् । श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर र सोही ठाउँ बस्ने ३० वर्षीय चालक सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
