कैलालीमा मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाईते

कैलाली : मोटरसाईकल एक आपसमा ठोक्दिा एक जनाको मुत्यु भएको छ भने ३ जना घाईते भएका छन् । कैलालीको गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से १ प ५५७८ र से ६ प ३७११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । दुर्घटनामा परि गम्भिर घाईते भएका उनको कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रवक्ता बिष्टका अनुुसार धनगढी उपमहानगरपालिका–१७ का रमेश बोहोरा, धनगढी उपमहानगरपालिका–१५ का हुकुमसिंह खत्री र लिलु चौधरी घाईते भएका छन् । घाईत मध्ये बोहराको कोहलपुर मेडिकल कलेजमा र खत्रि र चौधरीको घनगढीमा उपचार भईरहेको प्रहरीले बताएको छ ।
